मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
12.2 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जबाट दुहुना भैंसीसहित २० लाख मूल्य बढीकाे सामान प्रहरी नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा लिएको छ । प्रहरीले २० लाख ९३ हजार मूल्य बराबरका सामानसहित पशु्चौपाया नियन्त्रणमा लिएको हो ।

- Advertisement -

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा फरकफरक स्थानहरुबाट भन्सार छलीका ति सामानहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । बीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाबाट ४ लाख ५१ हजार मूल्यको कुर्ता सुरुवाल, कार्पेट र थान कपडाहरू बरामद गरेको उनले बताए ।

यस्तै प्रहरी टोलीले बीरगन्ज वडा नं.२१ परवानीपुर चोकबाट ना.५ च ३३८६ नम्बरको पिकअपबाट २ वटा दुहुना भैंसी र १ वटा पाडा नियन्त्रणमा लिएको डिएसपी थापाले जनाए । बीरगन्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा भैंसी साहु जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

बरामद सामानसहित पशुचौपाया तथा पिकअपलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनायो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार