बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

प्रभु साहद्धारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’...

काठमाडौं, ७ चैत्र । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु...

सरकारले यस वर्ष पाँच...

काठमाडौं,०७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता...

पञ्जाबमा कुखुरा र कुकुरको...

बीरगन्ज, ७ चैत्र । भारत पञ्जाबको मोहालीस्थित एक म.म. उत्पादन कारखानामा कुखुरा र...

बीरगन्ज कारागारका ४ कैदी...

बीरगन्ज,०७ चैत । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बीरगन्ज कारागारका...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

दाइजोको निहुँमा पक्राउ परेका बेहुलासहित पाँचै जना धरौटीमा रिहा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् ।रिहा हुनेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा हल टोलका उमेश साह ,उनका बुबा बच्चालाल साह , बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बाराको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ बस्ने रामएकवाल साह रहेका छन् ।

बीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गत फागुन २८ गते मध्यरातामा वैवाहिक समारोह चलिरहकै बेला बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसंग विवाद गरेपछि विहे नै भाँडिएको थियो ।त्यहि विवाद चर्किएर बेहुला र बेहुलीपक्षबिच कुटाकुटपनि भएको थियो । विहे नै भाँडिएपछि प्रहरीले विहेके जग्गेबाटै बेहुला , उनका बुबा , दाजु , भिनाजुसहित पाँच जनालाई नियन्त्रणमा लिएर उनिहरु विरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा बिबाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दाको गत आईतबार सुनुवाई गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

यता बेहुला पक्षले भने दाइजोको निहुँमा विहे भाँडिएको कुरा निराधार रहेको दाबी गर्दै आएको छ । बेहुलीलाई मागेजतिको गहना आँफुहरुले विहेमा नल्याएको निहुँमा बेहुली पक्षले विवाद गरेर विहे भाँडेको बेहुला पक्षले आरोप लगाउदै आएको छ ।

ताजा समाचार

spot_img

थप समाचार