शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजबाट नेपालमा सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ चैत । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ। बिहीबार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु गरेको हो।

- Advertisement -

चैत १५ गते बिहीवारदेखि शुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहेको छ। अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएकाले अर्थशास्त्रले विकासको सवालमा नविन सोच र तयारी तथा नविन ज्ञान आर्जन र शेयर गर्ने उद्देश्यले सम्मेलन गरिएको आयोजकले बताएको छ।

नेपालजस्तो जटिल र पृथक भूराजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न र उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको अवस्थालाई मध्यनगर गरी सम्मेलन गरिएको आयोजकले बताएको छ।

- Advertisement -

सम्मेलनले विकासका नयाँ मुद्दामाथि छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दूरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ। विकासको एजेण्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र बिस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको सम्मेलनले खोजि गर्ने विश्वास राखिएको छ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक–सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहेको छ। सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रश्तुत हुनेछन्।

सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफल हुनेछ। सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार