शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

लक्ष्य अनुसारको राजश्व संकलनमा बीरगन्ज भन्सार असफल

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ को ८ महिनामा लक्ष्य भन्दा ६१ अर्ब ४९ करोड भन्दा कम राजश्व संकलन गर्न सकेको छ ।

भन्सार विभाागले साउनदेखि फागुनसम्म ८ महिनाको अवधीमा बीरगन्ज भन्सारलाई १ खर्ब ६१ अर्ब २० करोड ५५ लाख ८६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर यो आठ महिनाको अवधीमा वीरगन्ज भन्सारले लक्ष्यको ६१.८५ प्रतिशतमात्र अर्थात ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँमात्र राजश्व संकलन गर्न सकेको हो ।

यस्तै गत फागुन महिनामा पनि बीरगन्ज भन्सारले लक्ष्य भन्दा ४० प्रतिशत कम राजश्य संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । उनका अनुसार गत फागुन महिनामा भन्सार विभागले २१ अर्ब ३८ करोड ८१ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा बीरगन्ज भन्सारले लक्ष्यको ६१.४१ प्रतिशतमात्र अर्थात १३ अर्ब १३ करोड ४२ लाख ८ हजार रुपै्रयाँमात्र संकलन गर्न सकेको छ ।

बीरगन्ज भन्सार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा हरेक महिनामा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुदैं आएको छ ।

बीरगन्ज भन्सारले गत साउनमा लक्ष्यको ७५.९६ प्रतिशतमात्र अर्थात ११ अर्ब ८६ करोड, गत भदौमा लक्ष्क्ष्यको ६५.५९ प्रतिशतमात्र अर्थात १२ अर्ब ७१ करोड, गत असोजमा लक्ष्यको ६५.३५ प्रतिशतमात्र अर्थात १४ अर्ब २७ करोड रुपैया राजश्व संकलन गर्न सकेको थियो । यस्तैै गत कात्तिकमा लक्ष्यको ५०.५३ प्रतिशतमा अर्थात १० अर्ब ३२ करोड, गत मङ्सिरमा लक्ष्यको ६०.२५ प्रतिशतमात्र अर्थात १२ अर्ब ८२ करोड, गत पुसमा लक्ष्यको ५९.२२ प्रतिशतमात्र अर्थात १२ अर्ब ७४ करोड र गत माघमा लक्ष्यको ५९.९४ प्रतिशतमात्र अर्थात ११ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको पन्थीले जानकारी दिए ।

बीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७९÷८० को आठ महिना (साउनदेखि फाागुनसम्म) को अवधीमा पनि लक्ष्यको ६०.३५ प्रतिशतमात्र राजश्व उठाउन सकेको थियो । त्यस अवधिमा भन्सार विभागले १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा बीरगन्ज भन्सारले १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७५ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको थियो ।

नयाँ सवारी साधन, डिजेल,पेट्रोल,कच्चा खाने तेल तथा औद्योगिक कच्चा पदार्थको आयातमा गिरावट आएका काारण त्यसको प्रत्यक्ष असर राजश्व संकलनमा पनि परेको बीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताए ।

चालु आर्थिक वर्षमा पहिलो आठ महिनाको अवधीमा कच्चा भटमासको तेलको आयातमा झण्डै ६२ प्रतिशतले गिरावट आएको पन्थीले बतााए । यसका साथै डिजेल र पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनका साथै औद्योगिक कच्चा पदार्थको आयातमापनि गिरावट आएको उनले बताए । उनले भने,‘इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ ।आयात भएका नयाँ सवारीसाधनमापनि अधिकांश विद्युतीय सवारीसाधन बढी छन् । विद्युतीय सवारीसधानको राजश्व कम छ । त्यसकारणले पनि राजश्व संकलनमा प्रत्यक्ष असर देखिएको हो ।
बढी राजश्व उठ्ने मालवस्तु मध्येको औद्याोगीक कच्चा पदार्थ तथा सूर्तीजन्य पदार्थको आयातपनि घटेका कारणले राजश्व कम उठेको उनले बताए ।

ताजा समाचार

spot_img

थप समाचार