मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका छन् । सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा रहेको श्री राम जानकी इंगलिश बोर्डिङ स्कुलको लापरवाहीले सोही स्कुलको कक्षा एलकेजीमा अध्ययनरत ७ वर्षीय विद्यार्थी अनुप गोढ घाइते भएका हुन् ।

- Advertisement -

सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवन निवासी घाइते बालक अनुपको बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ स्थित एलएस न्युरो एण्ड जेनरल होस्पिटलमा उपचार भइरहेको छ । गम्भीर घाइते अनुपको टाउकोमा २८ वटा टांका लागेको हस्पिटलले जनाएको छ ।

स्कुलमा पढन गएका आफ्नो छोरालाई सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुनवन निवासी नै विद्यालयकी संचालिका भगवन्ती कलवारले घर निर्माणको काममा लगाएपछि फलाममा लडेर घाइते भएको चन्दन साह गोढले वताए ।

- Advertisement -

विद्यार्थीको उमेरको ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेको घरमा ज्यालादारीको काममा लगाउँदा आफ्नो छोरा घाइते भएको उनको भनाई छ ।

उनले कलवारको लापरवाहीले विद्यालयमा पढन गएका आफ्नो छोरा घाइते भएकोले कारबाईको माग गर्दै बुधवार इलाका प्रहरी कार्यालय पोखरियामा उजूरी समेत दिएका छन् ।

उनका अनुसार स्कुल नजिकै विद्यालय संचालिकका कलवारले आफ्नो पक्की घर निर्माणमा स्कुलका विद्यार्थीहरू समेतबाट निर्माण सामाग्री ढुवानी आदि विभिन्न ज्यालादारीको काम गराउँदै आएकी थिइन । यस अघि विद्यालयमा पढन गएका बालबालिकालाई काममा नलगाउँन अभिभावकले भन्दा उनले अटेरी गर्दै आएकी थिइन ।

विद्यालयकी संचालिका कलवारले निर्माण भइरहेको विद्यालय भवनको भित्ता खसेर बालक घाइते भएको वताइन । उनले कुनै पनि बालबालिकालाई आफुले भवन निर्माणको काममा नलगाएको वताइन । उनले भवन निर्माण भइरहेको ठाउँमा होली मनाउन तयारी गर्न गएका ठुलाठुला विद्यार्थीहरूसंगै गएका अनुप समेत भित्तामा लडेर घाइते भएको वताइन । घाइते भएको दिनदेखि नै आफुले अनुपको उपचार समेत गराउँदै आएको विद्यालयकी संचालिक कलवारले जानकारी गराइन ।

पीडितले बुधवार मात्र जाहेरी दिएकोले घटना वारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्क मोहन बिक्रम केसीले वताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार