बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना नक्कली गार्ड पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–६ बर्वा घर भई कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका–३ भटिनिया घर भई बारागढी गाउँपालिका–१ स्थित जनता मावि बुधगाईमा गार्डको रूपमा खटिएको विनोद प्रसाद यादव रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका शिक्षक सुरेन्द्रले मोबाईलमार्फत परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको र विनोदले नक्कली गार्ड बनेर चिट चोर्न सहयोग गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको न्यौपानेले बताए।