शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

सर्लाहीमा १ जना पुरुषको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१७ चैत । सर्लाहीमा बेवारिसे अवस्थामा १ जना पुरुषको शव फेला परेको छ । बागमती नगरपालिका वडा नम्बर १ कर्काली खोल्सीमा एक जना पुरुषको शव फेला परेको हो ।

- Advertisement -

ढोपबाट हिरेडाँडातर्फ जाने चुरेपाखाको गोरेटो बाटोबाट करिब ७ सय मिटर तल खोल्सामा सनाखत हुन नसकेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

वनमा करकलो टिप्न गएका मानिसले भिरको खोल्सामा सड्न थालिसकेको अवस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतकको शव घटनास्थलबाट उठाएर शुक्रबार साँझ पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

- Advertisement -

भिरको अप्ठेरो बाटोबाट लडेर ती पुरुषको मृत्यु भएको आशङ्का गरिए पनि पुष्ट भने हुन सकेको छैन । प्रहरी निरीक्षक गिरीले पोस्टमार्टम रिपोर्ट आएपछि ती व्यक्तिको मृत्युको कारण खुल्न सक्ने बताए ।

मृतकको हुलिया सबैतिर परिपत्र गरेर परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार