[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

विद्यालयको शिक्षक र कर्मचारीको छोराछोरी कार्यरत विद्यालयमा पढाउँनुपर्ने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१७ चैत । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको अभिभावक भेला आज शनिबार सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित उक्त बिद्यालयमा भएको अभिभावक भेलामा बिद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले जोड दिएका थिए ।

- Advertisement -

बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको अभिभावक बिर्जु चौधरीले औल्याउँनुभएको थियो । उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको अभिभावक भेलामा अर्का अभिभावक अनुपा गिरीले बताउँनुभयो । औराहा बिद्यालयमा राम्रो पढाई भएका कारण बोडिङ्ग स्कुलबाट आफनो बच्चाको नाम कटाएर पढाउँने गरेको जानकारी दिनुभयो ।बिद्यालयका प्रधानध्यापक रामदत्त जोसिले बिद्यालयको शैक्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयमा पढाउँने शिक्षक र कार्यरत कर्मचारीको छोराछोरी यही बिद्यालयमा पढाउँनुपर्ने उद्घोष गरेका थिए ।

- Advertisement -

प्रधानध्यापक जोसिले बिद्यालयको बर्तमान अवस्था ,उदेश्य र भाबी योजनाको बिषयमा अभिभावकहरुलाई जानकारी गराएका थिए । अभिभावक भेलामा अघिल्लो एस.ई.ई.मा सबैभन्दा धेरै बिद्यार्थी उतिर्ण गराउँन सफल लेखा बिषयका शिक्षक तथा सह प्रधानध्यापक दिपक प्रसाद भट्ट ,शारीरिक रुपमा अशक्त भएपनि शैक्षिक क्रियाकलापमा उत्साहजनक क्रियाशिलता जनाएका शिक्षक धन प्रसाद बजगाँई ,सबैभन्दा बढी हाजिर हुने शिक्षक सुनिल चौधरी र अघिल्लो एस.ई.ई.मा बारा जिल्लाको सामुदायिक बिद्यालयहरु भन्दा सबैभन्दा बढी जि.पि.ए. ल्याई उतिर्ण हुने बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

बिद्यालयका लेखापाल निराजन पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयको भाबी बजेटको बिषयमा जानकारी गराएका थिए । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शेष नसिम हुसेनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष हुसेनले विद्यालयका आ–आफ्नै समस्या छन् तर, बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गाह्रो भएको अनुभव गरेको बताएका थिए ।

उनले राम्रो पढाईलेखाई गर्ने बिद्यार्थीको अभिभावकलाई पनि सम्मान गर्ने परिपाटि अगाडि बढाउँनुपर्नेमा जोड दिए । बिद्यार्थी अनुउपस्थित हुँदा बिद्यार्थी बिद्यालय नआउँनुको कारण फोन गरेर बुझन अनुरोध गरे । बिद्यालयका सह प्रधानध्यापक दिपक भट्टको स्वागत मनतब्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक चुडामणी शर्माले गरेका थिए । कार्यक्रममा शिक्षक प्रजापति त्रिपाठी र डिल्लिीराम खरेलले बिद्यालयले गरेको कार्यको बिषयमा जानकारी दिँदैँ अभिभावकहरुले ध्यान दिनुपर्ने कुराको बिषयमा जानकारी दिएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार