बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

पर्साबाट भन्सार छलीका ५६ करोडका सामान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,०२ वैशाख । पर्सा प्रशासन कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा ५६ करोड १ लाख ६ हजार ९ सय बराबरको राजस्व छली गरी ल्याइएका सामान बरामद गरेको छ ।

- Advertisement -

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजक बमोजिम नभएका सामान बरामद गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको बताए ।

- Advertisement -

नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार नौ सय ६९ बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजक अनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० बराबरका सामान नियन्त्रणमा लिएको छ ।

आर्थिक वर्ष २०७८–७९ मा २३ करोड ४९ लाख २१ हजार एक सय ४५ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो । आर्थिक वर्ष २०७९–८० मा ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ बराबरका सामान बरामद भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निम्ति आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए ।

दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार