काठमाडौँ,०७ वैशाख । रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् । शुक्रबारदेखि उनीहरुले माइतीघरमा सामूहिक रुपमा धर्ना सुरु गरेका हुन् ।
उनीहरुले रुसी सेनामा रहेका आफन्तहरु उद्दार गरिदिन पटक–पटक गरिएको प्रयास उपलब्धिमुलक नरहेको भन्दै सरकारलाई दबाब दिन धर्ना सुरु गरिएको बताएका छन् ।