मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

पोखरामा प्रदुषण उच्चः उडान ठप्प, अनावश्यक घर बाहिर ननिस्किन चिकित्सकको सुझाव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरा । दैनिक ३३ फ्लाइटसम्म हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजभोलि प्राय: फ्लाइट क्यान्सिल भएका छन् । शनिवार एउटा पनि उडान भएन ।

- Advertisement -

आइतबार दिउँसो १ बजेदेखि एयरपोर्ट खुले पनि नियमित उडान हुन सकेन । आज पनि अहिलेसम्म एयरपोर्ट खुलेको छैन । शुक्रबार दिनभर विमानस्थल बन्द रह्यो ।

केही दिनयता पोखराको वायुमण्डल धुम्मिएको छ । जसका कारण विमान उडाउन चाहिने भिजिबिलिटी छैन । विमानस्थलको हेल्पडेक्सले शनिबार एक हजार मिटरमात्र भिजिबिलिटी रहेको देखाएको थियो ।

- Advertisement -

भिजिबिलिटी कम भएका कारण पोखराबाट जहाज उड्न नसकेको महाप्रबन्धक नवीना कर्माचार्यले बताइन् । `आउन मिल्छ तर यताबाट उड्न मिलेको छैन,´ उनले भनिन्, `पछिल्ला केही दिन एयरपोर्ट बन्दजस्तै छ ।´ पोखराबाट काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्ज, मुस्ताङ लगायत ठाउँमा उडान हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) अनुसार आइतबार यहाँको वायु गुणस्तर १५६ रहेको छ । शनिबार यो तथ्याङ्क १८९ पुगेको थियो । अहिले पोखराको हावा निकै नै अस्वस्थकर रहेको उक्त विवरणले देखाएको छ ।

सामान्यतः एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ भने १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ । त्यसपछि २०० सम्म अस्वस्थ र ३०० पुगेपछि जोखिमपूर्ण हुने संकेत गर्छ ।

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जीवन रेग्मी लामो समय पानी नपरेकै कारण प्रदूषण अत्यधिक भएको बताउँछन् । `लामो समयसम्म पानी नपर्नु वायु प्रदूषणको प्रमुख कारण हो । वनमा लगातार आगलागी भइरहेको छ,´ उनले भने, `पोखराको अहिलेको प्रदूषण स्वास्थ्यका लागि धेरै खराब छ । संवेदनशील हुनुपर्छ ।´ उनका अनुसार तत्कालको समस्या समाधानको लागि पानी पर्नु अनिवार्य छ ।

`खडेरी परेको ६ महिना भयो । पानी परेको छैन, ठुलो खालको हावाहुरी पनि चलेको छैन,´ उनी भन्छन्, `अहिलेको समाधान भनेको पानी पर्नुपर्छ । नभए पनि ठुलो हावा चल्नुपर्छ ।´ पुराना गाडीबाट निस्किने धुवाँको मुस्लो, सडक निर्माणको क्रममा उड्ने धुलोसँगै अहिले आगलागीका घटनाले प्रदूषण बढाएको हो । यस्तै, भारतका धेरै भागबाट आउने हावाले पनि फोहोर बोकेर ल्याउने रेग्मीले सुनाए ।

दीर्घकालीन समाधानका लागि स्थानीय स्तरमा जनचेतनासँगै नीति नियमको कार्यान्वयनलाई कडाइ गर्नुपर्ने उनले बताए । `नीतिगत रूपमा स्थानीय तहबाटै जनचेतना चाहिन्छ । दुख पाएपछि मात्र आत्तिने चलन छ,´ उनले भने, `डढेलो लगाउने प्रवृत्ति दण्डनीय अपराध हो भन्ने बुझाई हुनुपर्छ । नियमन आवश्यक छ ।´

अहिले पोखराका अस्पतालहरूमा आँखा र श्वासप्रश्वासका बिरामी बढेका छन् भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन चिकित्सकहरूले सुझाएका छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार