बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

चिट चोर्न नपाएपछि बिधार्थीहरुले गरेको तोडफोडमा एक करोडको क्षती,सिसि टिभीको निगरानीमा परिक्षा संचालन गर्न इनफोटेकलाई हरिखेतानको चुनौती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१७ बैशाख – चिट चोर्न नदिएपछि नेशनल इफोटेक कलेजका बिधार्थीहरुले हरिखेतान कलेजमा गरेको तोडफोडको क्रममा झण्डै एक १ करोडको रुपैया बराबरको क्षती भएको छ । नेशनल इनफोटेक कलेजको कक्षा १२ परिक्षाको सेण्टर हरिखेतान क्याम्पसमा राखिएकोमा परिक्षा मर्यादित रुपमा सम्पन्न भएको परिक्षामा सहभागी परिवेक्षकहरुले बताए । इनफोटेक कलेजमा राम्रो पढाई नरहेको र कलेजले साम,दण्ड,भेदको हथकण्डा अपनाएर बिधार्थीहरुलाई चिट छोर्न प्रोत्साहन गर्दै आएको परिवेक्षकहरुको दावी छ ।

- Advertisement -

परिक्षा टाईट भएपछि सबै बिधार्थी फेल हुने देखेपछि हातिएका नेशनल इनफोटेक कलेजका संचालक तथा शिक्षकहरु सेण्टरमै उपस्थित भएर आन्दोलन गर्न बिधार्थीहरुलाई उसकाएका थिए । परिक्षा बिग्रेपछि आक्रोशित भएका बिधार्थीहरु हरिखेतान क्याम्पस परिसरमा तोडफोड गर्दै करोडौं क्षती गरेका थिए भने बिधार्थीहरुले परिवेक्षकहरुलाई क्याम्पस परिसरमै घण्टौं सम्म थुनेका थिए ।

बिधार्थीहरुले मर्यादित परिक्षाको नाममा हल्लिन पनि नदिएको तथा छात्रा,छात्राहरुलाई गाली बेजती गर्दै परिवेक्षकहरुले मानसिक यातना दिएको दावी गरेका छन् । हरिखेतान क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय यादवले चिट चोर्न नपाएपछि बिधार्थीहरु आक्रोशित भएको दावी गरेका छन् । उनले बिधार्थीहरुले परिक्षा बिग्रेपछि आन्दोलनमा उत्रिएको आफै स्वीकारको दावी गरे ।
यता नेशनल इफोटेक कलेज प्रशासनले मर्यादित परिक्षाको नाममा बिधार्थीहरुलाई अनावश्यक मानसिक यातना दिन नमिल्ने बताउँदै आएका छन् ।

- Advertisement -

हरिखेतान क्याम्पसमा राखिएको सवारी साधन तथा अन्य क्याम्पसका संरचनाहरुमा बिधार्थीहरुले गरेको तोडफोडको क्रममा करोडौ क्षती भएको क्याम्पसले जनाएको छ । हरिखेतान क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय यादवले सिसि क्यामराको निगरानीमा परिक्षा संचालन गर्न इनफोट कलेजलाई चुनौती दिएका छन् । उनले बिधार्थीहरुको तयारी राम्रो भएमा जस्तो सुकै अवस्थामा परिक्षामा सफल हुने यदि कोहि कसैले बिधार्थीलाई दुव्र्यवहार गाली बैजती गरेको पाइएमा त्यसता शिक्षक,शिक्षिकालाई कारवाही गर्ने बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार