सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025
सोमवार, माघ २८, २०८१
Mon, February 10, 2025

बीरगन्जमा गैरकानुनी रूपमा नागरिकता...

बीरगन्ज,२८ माघ । नेपालमा पैसाको बलमा कानुन बङ्ग्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। विशेष...

बिहे भोजमा झडप धारिलो...

बाँके,२८ माघ । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक किशोरको मृत्यु भएको...

महाकुम्भ मेला: हालसम्म ४२...

काठमाडाैं,२८ माघ  । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदै छन् । यस प्राचीन...

मुख्यमन्त्री सिंहद्वारा नदीजन्य पदार्थको...

जनकपुर,२८ माघ । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
17.2 C
Birgunj
spot_imgspot_imgspot_img

देश बिदेशीहरुको इशारामा चली रहेको र मधेशमा धार्मिक हिन्सा भड्काउने खेल भइरहेको सांसद अमरेश कुमार सिंहको दावी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,१७ बैशाख प्रतिनिधीसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् । उनले अहिले संविधान समाप्त भएको खण्डमा हुनलाई जेलमा हालिने दावी गरे । वीरगंजको दियालो लड्समा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने निश्चित रहेको दावी गरे ।

- Advertisement -

उनले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहारपनि भइरहेको बताए ।संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरुको इशारामा हिन्दूवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनले बताए ।

उनले सरकार बिदेशीहरुलाई इशारा चलेको दावी गर्दै धार्मिक गतिबिधीको नाममा मधेशमा समप्रदायिक दंगा गराउने खेल भइरहेको दावी गरे । तराईमा बिभिन्न धार्मिक अतिवादी संस्थाहरुलाई धार्मिक झण्डा बोकेर दिनहुँ गरी रहेको कार्यक्रम त्यसको उदाहरण भएको सांसद सिहले बताए ।

- Advertisement -

साथै पत्रकारहरुसँग कुराकानी गर्दै सिंह प्रधानमन्त्री कार्यालय प्रचण्डका आसेपासको कब्जामा रहेको आरोपपनि लगाए । नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे ।

उनले देश अहिले २० जना बिचौलीयाहरुले मात्रै देश चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी भएको बताए । उनले भने,‘ अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टी हुन्छ कि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा पुगेको छ । सरकार चलाउने नेताहरु बिदेशीहरु दलाली गरी रहेको बताउँदै उनले आफु संविधानको पक्षधर रहेको कारण हिन्दु राष्ट्रको पक्ष नरहेको स्पष्ट पारे ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार