[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१७ वैशाख, कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ । मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको छ ।

- Advertisement -

मञ्चले आज पत्रकार सम्मेलन गरी स्पोर्टस् अवार्ड अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ । विगत एक वर्षमा खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी हरेक विधामा तीन जनाका दरले मनोनयन सार्वजनिक गरिएको हो । यसवर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।

यसैगरी वर्ष खेलाडी महिलामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन् । यसैगरी १७ वर्ष मुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिण्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।

- Advertisement -

उनका अनुसार स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल सङ्घ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिने मञ्चले जनाएको छ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् ।  लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट उदयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले जनही नगद रु ३५ हजार सहित ट्रफी पाउने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

मञ्चले स्पोर्ट्स अवार्डलाई वृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ । मूल आयोजक समितिको सहसंयोजकमा मञ्च उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । यसैगरी विभिन्न ११ वटा उपसमितिका संयोजक र सह–संयोजकसमेत चयन गरिएको छ । आर्थिक सङ्कलन उपसमितिको संयोजक कविता घर्ती मगर र सह–संयोजक शशी कुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रचारप्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सहसंयोजकमा विजय नेपाल, अन्तर्राष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सहसंयोजकमा सुदर्शन रञ्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सहसंयोजकमा फडिन्द्र अकिञ्चन रहेका छन् ।

स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मानबहादुर घर्ती र सहसंयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी उपसमितिको संयोजकमा उमेश पुन र सहसंयोजकमा वसन्त शेर्पा, मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सहसंयोजकमा धनबहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सहसंयोजकमा सुशील रहेका छन् ।

यसैगरी सङ्घ संस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सहसंयोजकमा कृष्ण दवाडी, मूल्याङ्कन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सहसंयोजकमा गणेश बराल (ढाकामोहन), क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सहसंयोजकमा अर्जुन गाहा सुशान्त रहेका छन् ।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले सघाएका छन् । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाका रुपमा वि.सं २०५७ मा मञ्चको स्थापना भएको हो । मञ्चमा हाल ७४ जना खेल पत्रकार आबद्ध छन् ।

ताजा समाचार

spot_img

थप समाचार