Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

यू-१९ महिला टी२० विश्वकप...

काठमाडौं,०७ माघ । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई...

सुप्रिम सहकारीको रकम अपचलन...

काठमाडौँ,०७ माघ । रुपन्देहीको बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन...

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको...

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४...

२४ औं सशस्त्र प्रहरी...

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

गण्डकी सरकार गठनविरुद्धको रिट खारेज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी सरकार गठन विरुद्ध परेको रिट खारेज हुने ठहर गरेको छ ।  न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्ग सुवेदीको इजलासले आज उक्त रिट खारेज हुने आदेश गरेको हो । अदालतको आदेशसँगै उक्त प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार गर्न र विश्वासको मत लिन सहज भएको छ ।

- Advertisement -

नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत बनाउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका थिए । आदेशमा भनिएको छ, “मुख्यमन्त्री बहुमत रहे नरहेको बहुमतको वैधानिकता परीक्षण प्रदेश सभा बाटै गर्न संवैधानिक, व्यावहारिक र अन्तिम विकल्प हुँदा सो विकल्पको बाटोमा प्रयोग नभई अपरिपक्वताको अवस्थामा देखिँदा रिट निवेदनको माग बमोजिम आदेश जारी गरिरहन पर्ने अवस्थाको विद्यमानता नदेखिँदा रिट निवेदन खारेज हुने ठहर्छ ।”

गत २५ चैत २०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि गणना भएको भन्दै यो संविधान विपरीत हुने दाबी गरेर रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार