बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

- Advertisement -

जारी आइपिएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । १० अंक हासिल गरेको लखनउ हाल अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी मुम्बई इण्डियन्सले भने यस सिजनमा खराब प्रदर्शन गरिरहेको छ । हालसम्म ९ खेलमा ३ जित र ६ हार बेहोरेको मुम्बई अंक तालिकामा नवौँ स्थानमा रहेको छ ।

- Advertisement -

लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दीपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तीब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने बारे स्पष्ट भएको छैन । उनले डेब्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।   

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार