बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

सर्लाहीमा आगलागी,१४ लाख बराबरको क्षति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही,१८ वैशाख । सर्लाहीमा गए राति दई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा २ वटा घर र २ वटा कृषि फार्म जलेर नष्ट भएको छ ।

- Advertisement -

हरिवन र कविलास नगरपािलकामा आगलागी भएको हो ।

आगलागीबाट हरिवन नगरपालिका ३ मोहनपुरका रोहन भुजेलको घरर दुईवटा फार्म जलेका छन् । भुजेलको एउटा घर र बाख्रा र कुखुराको फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको ज्ल्लिा प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्त दीपक श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित ११ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

यसैगरी, गएराति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट वासुदेव महतोको गोठघर नष्ट भएको छ ।

आगलागीबाट दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार