बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...

सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार...

८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार...
20.1 C
Kathmandu
29.4 C
Birgunj

एमाले अध्यक्ष ओली इलाम पुगेर सुहाङलाई बधाई दिदैँ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर,१८ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सुहाङ नेम्वाङलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।

- Advertisement -

सुहाङ फराकिलो मतले विजयी भएपछि बधाई दिन उनी काठमाडौंबाट इलाम पुगेका हुन् । अहिले इलाम बजारमा सुहाङसहित विजय जुलुस चलिरहेको छ ।

दिउँसो १ बजे इलाम पुगेका ओलीले सुहाङलाई बधाई दिएका छन् । ओली इलाम २ मा एमाले उम्मेदवार सुहाङका दुईवटा चुनावी सभामा पनि सहभागी भएका थिए ।

- Advertisement -

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतले हराउँदै सुहाङ विजयी भए ।

एमाले उपाध्यक्ष एवम् पिता सुवासचन्द्र नेम्वाङको निधन भएपछि छोरा सुहाङले उपनिर्वाचनमा एमालेको टिकट लिएर जितेका छन् ।

सुहाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत पाउन सके ।

तेस्रोमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए ।

उता चौथो भएका राष्ट्रिय स्वतन्त्र पार्टी मिलन योङहाङ लिम्बू ५ हजार ५० मतमा समेटिए । उनको जमानत जफत भएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार