बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...
21.1 C
Kathmandu
32.5 C
Birgunj

बीरगन्जको तापक्रम ४३ डिग्री मापन, जनजीवन प्रभावित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१८ वैशाख । केहीँ दिन यता लगातार बढ्दै गएको बीरगन्जको तापक्रम आज पनि उच्च रहेको छ । नयाँ वर्ष सुरु भएसँगै उकालो लागेको बीरगन्जको तापक्रम वैशाखको तेस्रो हप्तामा आउँदा समेत निरन्तर उकालो लागेकोलागेकै छ । यसरी निरन्तर गर्मी बढ्दा मधेश प्रदेशका सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

- Advertisement -

चर्को घाम तथा तातो हावा चल्दा यहाँका नागरिक घरबाट निस्कनै कठिन भएको बताउँछन् । पछिल्लो दुई साता यता बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको हो । बीरगन्जको औसत तापक्रम ३५–४० डिग्री सेल्सियसमा छ । आज बीरगन्जको तापक्रम यो वर्षकै सबैभन्दा धेरै ४३ डिग्री मापन भएको छ ।

चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूलाई हम्मेहम्मे परेको छ । अहिले तराई मधेशका जिल्लामा अत्याधिक गर्मीको कारण बालबालिकादेखि वृद्ध वृद्धासम्म प्रभावित छन् ।

- Advertisement -

वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्यधिक बढेको हो । मधेश प्रदेशको एकमात्र महानगरपालिका बीरगन्जस्थित सरकारी तथा निजी अस्पतालहरु, क्लिनिक लगायत ग्रामीण भेगमा स्वास्थ्य सस्ंथाहरुमा बिरामीहरुको सङख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको चिकित्सकहरुले जनाएका छन् । अत्याधिक गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखा पर्छ ।

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न नारायणी अस्पतालका फिजिसियन डा. सरोजरोशन दासले आग्रह गरे । गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उनको सुझाव छ ।

यसैबीच गएको वर्ष जसरी नै यस वर्ष पनि बीरगन्जमा खानेपानीको समस्या सुरु भएको छ । बीरगन्जका केही स्थानहरुमा खानेपानीको मुहान सुक्दै जाँदा यस्तो समस्या देखिएको हो । गएको वर्ष पनि खडेरीको समयमा बीरगन्जमा पानीको समस्या देखिएको थियो । यस वर्ष उक्त समस्याले विकराल रुप लिने सक्ने अनुमान गरिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार