बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...
20.1 C
Kathmandu
29.4 C
Birgunj

सिराहामा कोदालो प्रहारबाट एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ जेठ । सिराहाको अर्नमा गाउँपालिकामा छिमेकीको कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । खेतको सीमानाको सवालमा विवाद हुँदा अर्नमा २ ब्रहमपुरिका ५५ वर्षीय बाचाई महतोको कोदालो प्रहारबाट उही उमेरका बुधराम महतोको घटनास्थलमै मृत्यु भएको हो ।

- Advertisement -

लामो समयदेखि जमिन विवाद रहेका उनीहरूबिच आज बिहान खेतमै भेट भएको थियो । भेटका क्रममा विवाद चर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र महतोले बताए ।

वडा अध्यक्ष यादवले उनीहरूबिच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको बताए । जमिनकै विवादका कारण आज यस्तो घटना भएको अध्यक्ष यादवको भनाई छ । घटना लगतै बचाई फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । शव घटनास्थलमै रहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार