बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३ जेठ । संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटेको छ ।

- Advertisement -

सत्ता पक्ष र प्रतिपक्षबीच यही सहमतका आधारमा समग्र सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन लागिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसद्‌मा गृहमन्त्री लामिछानेबारेको छानबिन समिति गठन हुने पक्का भएको छ ।

गृहमन्त्री लामिछानेले बिहीबारको संसद् बैठकमा बोलेपछि छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि तयार भएको एमाले नेताहरूको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका संसदहरूले छानबिन समिति बनाएपछि कांग्रेसले पनि गृहमन्त्रीको राजीनामा नमाग्ने मोटामोटी सहमति भएको बताएका छन् ।

- Advertisement -

गृहमन्त्री लामिछाने संसदमा बोलिसकेपछि कांग्रेस र अन्य नेताले आफ्ना भनाइ राख्नेछन् । त्यसपछि संसदीय छानबिन समिति बनाइने भएको छ ।

एमालेका प्रमुख सचेतक बर्तौलाले पनि बिहीबार अपरान्ह ४ बजेपछि लामो समययता अवरुद्ध संसद् खुल्ने जानकारी दिएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार