बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...

कांग्रेस केन्द्रीय कार्यसमिति र...

९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय...

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...
20.1 C
Kathmandu
29.4 C
Birgunj

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा २ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३ जेठ । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेकाछन्र ।

- Advertisement -

पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तारकेश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु बिक रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो ।

- Advertisement -

उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ ।

पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार