बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कोलकोता आइपिएलको फाइनलमा

९ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको...

कैलाश सिरोहियालाई आजै अदालतमा...

९ जेठ, जनकपुरधाम । नागरिकता सम्बन्धी छानबिनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका...

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

९ जेठ, काठमाडौं । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

९ जेठ, म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र...
21.1 C
Kathmandu
32.5 C
Birgunj

जसपा गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश न्यायोचित छः अध्यक्ष राई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०३ जेठ । नवगठित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफ्नो पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन् । बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

- Advertisement -

केही दिन अघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए । राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत राख्न बुधबार आदेश दिएको थियो । उनले निवेदकले माग गरे अनुरुपको आदेश सर्वोच्च अदालतले नगरेको भन्दै आफूहरुको पार्टी अवैधानिक रहेको भन्ने स्थिति नरहेको बताए ।

- Advertisement -

यसैबिच अध्यक्षले सर्वोच्च अदालतले गरेको अल्पकालीन अन्तरिम आदेशको बारेमा भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।

राईले विज्ञप्ति जारी गरी अदालतबाट भएको अल्पकालीन आदेशको विषयको गाम्भीर्यता नबुझी सो मुद्दाका सम्बन्धमा अनर्गल प्रचारबाजी गर्नु असान्दर्भिक रहेको टिप्पणी गरेका हुन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार