सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024
सोमवार, कार्तिक १९, २०८१
Mon, November 4, 2024

ओली सरकारकै कारण सीमावर्ती...

ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाएः साह रौतहट,१९ कार्तिक । आम जनता...

बारामा टाटा सुमाे दुर्घटना...

बारा,१९ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० मा साेमबार बिहान टाटा सुमाे दुर्घटना हुदाँ...

लिग-२मा स्कटल्यान्डविरूद्ध करण केसी...

काठमाडाैँ,१९ कार्तिक । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ मा स्कटल्यान्डविरूद्ध करण केसी...

दुर्घटनामा युवाको मृत्यु भएपछि...

नेपालगन्ज,१९ कार्तिक । सडक दुर्घटनामा मृत्यु भएका युवाका आफन्त र स्थानीयले नेपालगन्जको भेरी...
15.1 C
Kathmandu
23.2 C
Birgunj
spot_imgspot_imgspot_img

लागूऔषधसहित ४ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३ जेठ । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दीपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय सञ्जीव रिजाल र सोही बस्ने सञ्जीव प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार