काठमाडौं,३ जेठ । युगान्डाबाट नेपाल आइपुगेका २ महिला २ किलो ६५४ ग्राम लागूऔष कोकिन सहित पक्राउ परेका छन् । उक्त प्रतिबन्धित लागुऔषधको मुल्य करब ८ करोड रहेको जनाइएको छ ।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कोकिन बोकेर आएका युगान्डाका २ महिला र जिम्मा लिन आएकी एकजना भारतीय महिलालाई पनि पक्राउ गरेको छ । गत वैशाख ३० गते काठमाडौं आइपुगेकी ४४ वर्षीया केभिना म्युगालाको पेटभित्रबाट १ केजी २६० ग्राम कोकिन निकालिएको ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताएका छन् ।
कतारबाट आएकी केभिना म्युगालालाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको थियो । उनले पेटभित्र निलेको अवस्थामा शंकास्पद वस्तु रहेको थाहा पाएपछि ब्युरोले चेकजाँचका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगेको थियो । जहाँ उपचार पद्धतिबाट उनले सेतो पलास्टिकले ¥यापिङ गरी निलेर पेटमा पु¥याएका ९० वटा कोकिनका क्यापसुलहरू निकालिएको छ। उनको पेटबाट प्रहरीले १ केजी २६० ग्राम कोकिन निकालेको हो ।
उनीपछि युगान्डाकी अर्की महिला लाई ठमेलको धोबीचौरस्थित एक होटलबाट बुधबार पक्राउ गरेको छ । युगान्डाकी एलट्लिटान सुसानले सुटकेसमा स्नेकर्स चकलेटभित्र लुकाएर राखेको १ केजी ३९४ ग्राम कोकिन पनि बरामद भएको छ ।
उक्त परिमाणको कोकिन चकलेटभित्र ६३ वटा प्लास्टिकले ¥यापिङ गरिएको अवस्थामा बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी कार्कीले जानकारी दिएका छन् ।
उक्त परिमाणको कोकिन चकलेटभित्र मिसाएर ल्याएको पाइएको कार्कीले बताए । दुवै महिलाबाट बरामद गरिएको उक्त २ केजी ६५४ ग्राम अवैध लागुऔषध कोकिनको बजार मूल्य ७ करोड ९६ लाख हुन आउने कार्कीले बताएका छन् ।
कार्कीका अनुसार अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएकी भारतीय नागरिक ३३ वर्षीया देवाजानी पाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार ठमेलस्थित धोवीचौरको एक होटेलबाट पक्राउ गरिएको कार्कीले बताए ।