[ndc-today-date]
[ndc-today-date]

धनुषामा विभिन्न मुद्दामा फरार...

जनकपुर,०६ वैशाख । धनुषा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ...

योजना खरिद–बिक्री आरोप निराधार...

जनकपुर,०६ वैशाख । मधेश प्रदेश सरकारमाथि लागेको योजना खरिद–बिक्रीको आरोप निराधार भएको जनमत...

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जकाे मेयर सिंहको चर्चा अयोध्यासम्म

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२ जेठ । श्रीरामको जन्मभूमी भारतको अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य दुर्गा गौतमले बीरगन्ज आएर यहाँका हिन्दू मठमन्दिहरुको दर्शन गरेका छन् । अयोध्याधामबाट बुधबार बीरगन्ज आइपुगेका राम मन्दिरका मुख्य आचार्य दुर्गा गौतमले बीरगन्जको घडिअर्वास्थित श्रीराम जानकी मन्दिर र गीता मन्दिरमा पुगेर दर्शन गरेका हुन् ।

- Advertisement -

करिब चार दशकदेखि निजी व्याक्तिको कब्जामा रहेको घडिअर्वास्थित रामजानकी मन्दिरलाई बीरगन्ज महानगरपालिकाले हालै अतिक्रमणमुक्त गराएर अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन भएकै दिन गत माघ ८ गते भव्य धार्मिक अनुष्ठान आयोजना गरेर भग्वान् राम , माता सिता र हनुमानको मूर्ती प्राणप्रतिष्ठा गराएको थियो ।

उक्त रामजानकी मन्दिरको दर्शन गर्दै मुख्य आचार्य दुर्गा गौतमले बीरगन्जका धार्मिक मठमिन्दरको संरक्षण र सौन्दर्यकरणमा यहाँका मेयर राजेशमान सिंहले देखाएको अग्रसरताको सह्राना गरे ।उनले भने, ‘बीरगन्जमा भइरहेको हिन्दु धार्मिक स्थल, मठमन्दिरको संरक्षण तथा सौन्दर्यकरणको काम अत्यन्तै प्रसंशनीय छ । मेयर सिंहको चर्चा अयोध्यासम्म पनि पुगेको छ । त्याहाँ पुग्ने दर्शनार्थीहरुले पनि यहाँका मेयर साबको खुबै प्रसंशा गर्नुहुन्छ ।’

- Advertisement -

धार्मिक स्थलहरुलाई अतिक्रमण मुक्त गर्नु र संरक्षण तथा प्रबद्र्धन गर्नमा बीरगन्ज महानगरले थालेको कदम अनुशरणीय रहेको बताउँदै मुख्य आचार्य गौतमले बीरगन्जमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेकोपनि बताए ।उनले बीरगन्ज महानगरसँगै अयोध्याको स्थानीय तथा प्रदेश सरकारबीच आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अयोध्या आउने दर्शनार्थीलाई बीरगन्ज पुग्ने र यहाँका धार्मिक स्थलको दर्शन गर्ने वातावरण निर्माण गर्नुका साथै यहाँका व्यक्तिलाई अयोध्या पुग्ने माहोल बनाउनुपर्ने गौतमको भनाई थियो ।

मठमन्दिरको दर्शनका क्रममा मुख्य आचार्य गौमसंग रहेका बीरगन्ज महानगरका मेयर सिंहले बीरगन्जमा अझै धेरै काम बाँकी रहेको बताए । बीरगन्ज महानगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम भइरहेको मेयर सिंहले बताए ।

त्यसअवसरमा बीरगन्ज महानगरपालिकाका सद्भावना दूत अशोक वैद्य, बीरगन्ज महानगरका मेयरका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतकोपनि उपस्थिती रहेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार