मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,३ जेठ । मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र अलग्गिएपछि पहिलो पटक जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक बसेको छ ।

- Advertisement -

प्रदेशको मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले बताए ।

उनले काम विशेषले पूर्व मुख्यमन्त्री राउत बाहिर रहेकाले दलको बैठकमा उपस्थित हुन नसकेको बताए ।

- Advertisement -

उनले यस अघिको बैठकमा अलि–अलि असन्तुष्टि र नोकझोक पनि हुने गरेको तर आजको बैठकमा सबैजनाको एकमत र सौहार्द्रपूर्ण वातावरण रहेको समेत बताए ।

यस्ता छन् बैठकका निर्णयहरु

-मधेश सरकारको नेतृत्वमा रहिरहने र त्यसका लागि बिश्वासको मत निर्धारित ३० दिनको समय भन्दा पनि अगावै लिने ।

– षडयन्त्र तहत फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णय निर्वाचन आयोग माथी प्रश्न चिन्ह उभ्याएकाले सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टी गर्न सबै शक्ति लगाउने र त्यसमा मधेशबाट साथ दिने ।

– मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ–आफनो तवरबाट सक्रिय हुने ।

-अगामि जेठ २८ देखि ३० गते सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ–आफनो तर्फबाट सहयोग र भुमिका निर्वाह गर्ने ।

– निति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदहरुले लिखित रुपमै संसदिय दललाई सुझाव दिनुपर्ने ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार