बुधबार, जेष्ठ ९, २०८१
Wed, May 22, 2024

कस्तो छ आजको मौसम...

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय...

तपाईको आजको राशीफल कस्तो...

९ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ ९ गते बुधबार तदनुसार मे...

सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार...

८ जेठ, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार...

वीरगञ्जको साउथजोन मावीमा कक्षाकोठा...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माविमा कक्षाकोठा सजावट...
20.1 C
Kathmandu
29.4 C
Birgunj

मधेस सरकार जोगाउन लोसपा र कांग्रेससँग छलफल गर्ने जसपा नेपालको निर्णय

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०३ जेठअ । अल्पमतमा रहेको मधेस प्रदेश सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालले सहकार्यका लागि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग संवाद जारी राख्ने निर्णय गरेको छ।

- Advertisement -

मधेस भवनस्थित मुख्यमन्त्री सरोजकुमार यादवको निवासमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले दुबै पार्टीको समर्थन लिई यही सरकार टिकाइराख्न हरसम्भव कोसिस गर्ने निर्णय गरेको जसपा संसदीय दलका प्रमुख सचेतक रामअशिष यादवले बताए।

जसपा विभाजनपछि नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको छ।

- Advertisement -

नेकपा एकीकृत समाजवादीको मात्रै समर्थन रहेको जसपा नेतृत्वको प्रदेश सरकार अहिले अल्पमतमा छ।

दुवै दलले समर्थन फिर्ता लिइसकेपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

संसदीय दलको बैठकमा ३० दिन नकुरेर त्यस अगावै विश्वासको मत लिने समेत निर्णय भएको प्रमुख सचेतक यादवले जनाए।

विभाजनपछि आएको अवस्थालाई मध्यनजर गरी पार्टीलाई थप मजबुत बनाउन सम्पूर्ण सांसद एक ढिकका भएर लाग्ने पनि संसदीय दलले निर्णय गरेको छ।

विभाजनपछि बसेको संसदीय दलको दोस्रो बैठकमा जसपाका १९ मध्ये १८ जना सांसद उपस्थित भएका थिए।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार