३ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू धकेलाधकेल गरेपछि तनाव पूर्ण भएको छ ।
कांग्रेसको नाराबाजी गर्दा गर्दै सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि मुठभेडतर्फ धकेलिएको हो ।
सदनमा कांग्रेस र एमालेका सांसदहरू धकेलाकेलमा उत्रिएका हुन् ।
सांसदहरूबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बन्नेगरी बैठक स्थगित गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै नाराबाजी गर्दै वेल घेराउ गर्दै आइरहेको छ ।