बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

कांग्रेसलाई सहकारी ठगी छानबिन समिति होइन सरकार चाहिएको होःअध्यक्ष ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाइृ सहकारी ठगीको छानबिन होइन सरकार चाहिएको बताएका छन् । बाराको प्रसौनी गाउँपालिकाको नव निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गरिरहेको कांग्रेसलाई छानबिन समिति चाहिएको होइन । उसलाई त सरकार चाहिएको बताए ।

- Advertisement -

सरकारबाट बाहिरिएर छट्पटाइरहेको कांग्रेस अहिलेको सरकारले गरिरहेका राम्रा कामबाट अत्तालिएको टिप्पणी समेत उनले गरे । संसदमा विभिन्न निहुँ खोजेर उसले संसद चल्न नदिएको ओलीले बताए । ओलीले भने,‘अहिलेको सरकार अरु कसैलेपनि बनाएको होइन । नेपालीले बनाएको सरकार हो ।यो कुुरा कांग्रेसलाई पचेको छैन ।’

भ्रष्टचारको कसूरमा अदालतबाट दोषी प्रमाणीत भईसकेका कांग्रेस सांसदहरुले नै संसदमा भ्रष्टचारको छानबिन हुनुपर्छ भनेर नारा लगाउनु हास्यास्पद रहेको टिप्पणीपनि ओलीले गरे । आँफुलाई लोकतन्त्रको मसिहा भनाउँदो कांग्रेसबाट संसदमा भइरहेको अराजकता अशोभनिय रहेको ओलीको भनाई थियो ।

- Advertisement -

एमालेले मिसन ८४ को नारा लिएर अगाडि बढिरहेको भन्दै एमाले अध्यक्ष ओलीले देशको विकास गर्नका लागि एमालेले नयाँ समिकरणको सरकार बनाएको जिकिरपनि गरे ।उनले भने,‘ जनता एमालेका साथमा छन् ।किनकि सरकारमा मौका पाउँदा एमालेले देशको विकास गरेको छ ।

मधेसको विकास गरेको छ ।देश विकासको जिम्मा एमालेले लिएको छ । आगामी दिनमा पनि जिम्मा लिन्छ ।उनले दल र संगठन निर्माणमा मात्र नभई गरिब, किसान, मजदुुरको आर्थिक जिवनस्तर उकास्ने काममा लाग्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन पनि दिए ।

उद्घाटन कार्यक्रमलाई भौतिक विकासमन्त्री रघुवीर महासेठ, कृषिमन्त्री ज्वाला साह लगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार