बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

ब्लु बुक कीर्ते गर्ने...

काठमाडौं,६ असार । नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही...

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...
27.1 C
Kathmandu
37 C
Birgunj

पर्सा र बाराका क्यासिनो : नेपालीलाइ नक्कली भारतीय कार्ड देखि ड्रग्ससम्म !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज,४ जेठ । पर्सा र बाराका क्यासिनोहरुमा नेपाली नागरिकलाई भारतीय नागरिकको परिचयपत्र बनाएर जुवा खेलाउने गरेको पाइएको छ । कानूनतः क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध छ । क्यासिनो नियमावली, २०७० को परिच्छेद ३ मा दफा १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने भनेर स्पष्ट उल्लेख गरेको छ ।
तर पर्सा र बाराको तारे होटलहरूमा नेपाली नागरिकलाई नक्कली भारतीय कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने गरेको पाइएको हो ।

- Advertisement -

क्यासिनो सञ्चालकहरुले सेटिङ मिलाएर एउटा छुट्टै गिरोह (एजेन्ट) मार्फत नेपाली नागरिकहरुलाई भारतीय आधार कार्ड बनाउने गरेको स्रोतको दावी छ । उक्त गिरोहको काम भनेको नेपाली ठूला धनाड्य व्यक्तिहरुसँग सम्पर्क गर्ने, मित्रता जोड्ने र अन्तत नक्कली भारतीय कागजात बनाएर क्यासिनामा प्रवेश गराउने रहेको छ । नक्कली कागजात बनाए बापत पनि सो गिरोहले राम्रै रकम लिने गरेका छन् ।

गएको चैतमा होटल भिष्वाको क्यासिनोबाट नेपाली नागरिकहरुलाई अनाधिकृत रुपमा प्रवेश गराएर जुवा खेलाउने ४ जना पक्राउ पनि परेका थिए ।

- Advertisement -

बाराको पाँचतारे होटल इच्छामा रहेको स्माइल कलेक्सन प्रालि, पर्साको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रालि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोमा अधिकांश जुवाडे नेपाली रहेको स्रोतको दावी छ । यी क्यासिनोहरुमा ९० प्रतिशत भन्दाबढी ग्राहकहरू नेपाली नागरिक हुने गरेको बताइन्छ ।

विशेष गरी बारा, पर्सा, रौतहट लगायतका क्षेत्रबाट जुवाडेहरु क्यासिनो खेल्न आउने गर्दछन् । जुवा खेल्नेहरुमा यस क्षेत्रका उद्योगी व्यवसायी, बैंककर्मी, बीमाकर्मी, सरकारी कर्मचारीहरू समेत रहेका छन् ।क्यासिनो नियमावली, २०७० को उपदफा १४ ९२० मा नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गराएमा वा क्यासिनो खेलाएमा ईजाजतपत्र रद्द गर्न सकिने भनेर लेखेको छ ।

यस्तो गैर कानूनी हर्कत गर्ने क्यासिनोहरुको ईजाजतपत्र नै रद्द हुने कानूनी व्यवस्था भएपनि सरोकारवाला निकाय मौन बस्दा क्यासिनोको अवैध धन्दा दिनप्रतिदिन बढिरहेका छन् ।

त्यस्तै नेपाली नागरिकको लाखौं रकम स्वाहा भएका छन् । जसका कारण घरबार बिहिन हुनेहरुको संखया बढ्दै गएको छ भने परिवार र समाजमा कलह, झै–झगडा, कुटपिट, हत्या, हिंसाका घट्नाहरु भएका छन् ।

समाजमा यस्ता अप्रिय घटना हुन नदिन तथा कानून बमोजिम क्यासनो सञ्चालन गर्नका लागि अनुगमन तथा नियमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत एक समिति रहेको छ भने स्थानीय प्रहरी प्रशासनले पनि आवश्यकताका आधारमा अनुगमन गर्न सक्ने व्यवस्था छ ।

यस्तो अवैध कार्यको रोकथामका लागि सरोकारवाला निकायले प्रभावकारी रुपमा अनुगमन र नियमन गर्नु जरुरी रहेको छ । अन्यथा अवस्था भयवह हुँदै जाने नागरिक समाजका अगुवाहरु बताउँछन् ।

यहाँ धेरै नेपाली नागरिकहरु लाखौं तथा करोडौं रकमसम्मको जुवा खेल्ने गरेको र हारेपछि घर न घाटको भएर आत्महत्या गर्नसम्म बाध्य हुने गरेका छन् ।
केही महिना अगाडि भारत मोतिहारीका एक युवाले किंग्स क्यासिनोमा जुवा खेल्दा आफ्नो विवाहमा दाइजो बापत पाएको २० लाख नगदसहित सुन, चाँदी, मोटरसाइकल समेत सबै हारेपछि घर न घाटको बने । अन्तत उनले मोतिहारीको रेल्वे लाइनमा गएर आत्महत्या गरे । यो त एक प्रतिनिधिमूलक घट्ना मात्र हो । यस्ता केही घट्ना बाहिरा आउने गरेपनि धेरैजसो घट्नाहरु भित्रभित्रै मिलाउने गरेको बताइन्छ ।

गएको चैत १८ गते लर्डस दियालेको किंग्स क्यासिनोमा हारजितका कारण कुटाकुट भएको समाचार बाहिर आएको थियो ।
त्यसैगरी गैर कानूनी रुपमा क्यासिनो खेलेर लाखौं, करोडौं रकम हारेर घरबार बिहिन हुने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेका छन् । जसका कारण घरमा वादविवाद, झगडा भई कतिपयको त सम्बन्धविच्दसम्मको अवस्थामा पुगेको घटनाहरू पनि सार्वजनिक भएका छन् । बारा र पर्सा जिल्लामा गरेर पाँचवटा क्यासिनो सञ्चालनमा छन् । यी क्यासिनोहरुको अधिकांश ग्राहक नेपाली नागरिक भएकाले सबैभन्द धेरै यसको आर्थिक र सामाजिक असर पनि नेपालमै पर्ने भएकाले यसलाई अबिलम्ब रोक्नुपर्ने आवाज उठ्न थालेको छ ।

लड्र्स दियालोको किङ्गस कलेक्सनमा चहलपहल
पछिल्लो समय यस क्षेत्रका अन्य क्यासिनोहरुमा ग्राहकको संख्यामा गिरावट आएपनि लर्डस दियालोको किङ्गस कलेक्सनमा भने चहलपहल बढेको छ । आर्थिक मन्दी, स्थानीय प्रहरी प्रशासनको कडाइ लगायतका कारण हाल अन्य क्यासिनोहरुमा ग्राहकको कम हुँदै गएको छ । यता किङ्गस कलेक्सनमा अन्य ठाउँको तुलनामा प्रहरी प्रशासनबाट जुवा खेल्न सुरक्षित भएको हुनाले ग्राहकको संख्या उल्लेख्य मात्रामा बढेको स्रोत बताउँछ ।

यहाँको सञ्चालकहरुले  प्रशासन समेतलाई प्रभावमा पार्दै सेटिङमा सबै कुरा मिलाउने गरेको किङ्गसमा बाउन्सरको रुपमा कार्यरत रही केही समय अगाडि मात्र काम छाडेका एक बाउन्सरले बताए । आफ्नो नाम नबताउने शर्तमा नेपाल पोष्टसँग कुरा गर्दै उनले किङ्गसको सबै कर्तुतबारे जानकारी गराए । उनका अनुसार त्यहाँ क्यासिनोमा रहेका टेबलहरु डन भनाउँदाहरूले किनेर राखेका हुन्छन् । उक्त टेबलबमा जुवा हार्दाकाे सबै पैसा ५०/५० प्रतिशत क्यासिनो सञ्चालक र टेबल किन्नेमा बाडिन्छ ।
त्यसैगरी धनाढ्यहरुलाई ललाई फकाई क्यासिनो सम्म पुर्याउने काम एजेन्ट मार्फत हुने गरेको बुझिएको छ । सो वापत कमिशन दिने प्रचलन छ । मित्रताको नाता गाँस्दै क्यासिनोमा प्रवेश गराएर जुवा खेल्न उकास्ने र हारेपछि चेकमा हस्ताक्षर गराएर पैसा सापट दिने तर त्यो बापत चर्को व्याज असुल्ने गरेका छन् । जुवा खेल्दा सापट लगेको पैसा तिर्न अटेर गरेमा बाउन्सरहरु पठाएर डर र त्रास देखाउँदै जबरजस्ती अशुलउपर गर्ने गरेको उनले सुनाए ।

त्यसरी मान्छेलाई फकाउँदै जुवा खेलाउने र डर, त्रास देखाएर पैसा अशुल्न मानवीयताका नाताले आफुलाई असहज भएपछि आफुले काम छोडेको ती बाउन्सरले बताए । क्यासिनोमा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने प्रावधान रहेपनि अहिले यी क्यासिनोहरूमा अवैध तरीकाले तास पनि खेलाइने गरेको बताइन्छ ।

ग्राहक तान्न लागू औषधको प्रयोग
क्यासिनो सञ्चालकहरुले ग्राहकलाई तान्नका लागि अनेकन गैरकानूनी हर्कत गर्ने गरेको पाइएको छ । अर्थात उनीहरुले ग्राहकलाई आफ्नो जुवा घरतर्फ आकर्षित गर्न लागुऔषध समेत उपलब्ध गराउने गरेको स्रोतको दावी रहेको छ ।
२०७५ सालमा होटल सुरजमा सञ्चालित रक इन्टरनेशनल प्रा.लि.(फर्चुन सिटी) बाट प्रहरीले प्रतिबन्धित लागूऔषध चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

त्यसपछि बीचमा लागू औषध उपलब्ध गराउने कार्यमा केही कमी आएको थियो । तर कोभिड पछि फेरी क्यासिनो सञ्चालकहरुले आफ्ना ग्राहकहरुलाई लागू औषध उपलब्ध गराउने गरेको बताइन्छ ।
कानूनले विक्री वितरण तथा सेवन समेतमा प्रतिबन्ध लगाएको गाँजा, चरेश, खैरो हिराइन लगायतका लागू औषध क्यासिनो सञ्चालकहरुले सेटिङ मिलाएर उपलब्ध गराउने गरेको दावी स्रोतको छ ।

प्रहरी मौन !

क्यासिनो प्रकरणलाई लिएर विगतदेखि नै यहाँका स्थानीय प्रहरी प्रशासनका प्रमुखहरु अछुतो रहन सकेका छनैन् । सीडीओ र एसपीसँग जोडिएर क्यासिनोहरुमा हुने गरेका गैर कानूनी कार्यहरुको समाचार सार्वजनिक भएको सर्वविदितै छ । अहिले पनि वीरगंजमा नेपाली नागरिकलाई भारतीय नक्कली परिचयपत्र बनाएर प्रवेश गराउने लगायतका गैर कानून हर्कत हुँदा पनि स्थानीय प्रहरी प्रशासन मौन बस्नुलाई सामान्य मान्न सक्ने अवस्था छैन ।
गएको चैतमा होटल भिष्वाको क्यासिनोबाट नेपाली नागरिकहरुलाई अनाधिकृत रुपमा प्रवेश गराएर जुवा खेलाउने ४ जना पक्राउ परेपनि त्योबाहेक पर्सा प्रहरीले प्रभावकारी रुपमा यसको नियन्त्रण र नियमन गर्न नसकेको स्थानीय अगुवाहरु बताउँछन् । लड्र्स दियालोको किङ्गस कलेक्सनमा अहिले पनि नेपाली नागरिकलाई भारतीय परिचयपत्र बनाएर जुवा खेलाउने, हार्ने व्यक्तिलाई चर्को व्याजदरमा ऋण दिने र डर, त्रास, धाकधम्की दिएर रकम अशुल्ने कार्य भइरहँदा प्रहरी मौन बसिरहेको छ ।

जसका कारण दर्जनौं नेपालीहरु घरबार बिहिन भएर बिचल्लीमा परेका छन् भने कतिपयले आत्महत्या जस्तो अप्रिय बाटो रोज्न पुगेको तितो यथार्थ हाम्रो माझ स्पष्टै छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार