४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीचको बैठक स्थगित भएको छ । संसद्मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्रीप्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीसँग हुने भनिएको छलफल स्थगित भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । तर त्यसको कारण भने उनले खुलाएनन् । लेखकका अनुसार अब प्रधानमन्त्रीसँग शनिबार बिहान साढे ८ बजे सरकारी निवास बालुवाटारमा संवाद हुनेछ ।