Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

५ जेठ, काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनुको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् ।

अध्ययन प्रतिवेदनका अनुसार ठूलो संख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ । यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रुप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन् । कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र प्रायः मानिसहरूले बेवास्ता गर्छन्। आउनुहोस् जानौँ कलेजोको क्यान्सर कसरी पहिचान गर्न सकिन्छ ?

कलेजो क्यान्सर समस्या

कलेजोको क्यान्सर कसरी पहिचान गर्ने भनेर जान्न अघि, यो अंगमा हुने क्यान्सरको बारेमा जान्न महत्त्वपूर्ण छ । कलेजोमा धेरै प्रकारको क्यान्सर हुन सक्छ, जसमध्ये सबैभन्दा सामान्य हेपाटोसेलुलर कार्सिनोमा हो, जुन मुख्य रूपमा कलेजोको कोशिकाहरू (हेपाटोसाइट्स) मा सुरु हुन्छ । कलेजोको क्यान्सरबाट पीडित धेरैलाई सुरुमा कुनै लक्षण नदेखिने चिकित्सकहरू बताउछन् । तर, समयसँगै क्यान्सर बढ्दै जाँदा लक्षणहरू पनि गम्भीर हुँदै जान्छन् ।

पेटमा समस्या

कलेजो रोग र क्यान्सरको प्रारम्भिक लक्षण पेटमा असुविधाको रूपमा देखा पर्छन् । यसमा, पेटको दाहिने भागमा दुखाइ सबैभन्दा सामान्य छ । सामान्यतया यस प्रकारको दुखाइ ग्यासको कारण मानिन्छ । पेट दुख्नुका साथै पेट फुल्ने र बारम्बार बान्ता हुने र वाकवाकी लाग्ने समस्या भइरहने हो भने यस विषयमा गम्भीरता पूर्वक ध्यान दिन जरुरी हुन्छ । यो क्यान्सरको लक्षण पनि हुन सक्छ ।

जण्डिसको समस्या

बारम्बार जन्डिस हुनु कलेजोको रोग र क्यान्सरको सामान्य लक्षण हुन सक्छ । रगतमा बिलिरुबिनको मात्रा बढी हुँदा जन्डिस हुन्छ । यसमा आँखाको छाला र सेतो भाग पहेँलो देखिन थाल्छ । कलेजोले राम्रोसँग काम नगर्दा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यदि तपाइलाई पनि बारम्बार जन्डिस भइरहेको छ भने त्यसमा गम्भीर ध्यान दिनु जरुरी छ ।

कलेजोको क्यान्सरका अन्य लक्षण

कलेजोको क्यान्सरका धेरैजसो लक्षणहरू अन्य धेरै पेटसम्बन्धी समस्याहरूसँग मिल्दोजुल्दो हुन्छन्, जसका कारण मानिसहरूलाई पहिचान गर्न गाह्रो हुन्छ । पेटको समस्या र जण्डिसको अलावा कलेजोको यो गम्भीर रोगलाई अन्य केही लक्षणहरूमा ध्यान दिएर पनि पत्ता लगाउन सकिन्छ । जस्तै प्रयास बिना वजन कम हुनु, भोक नलाग्नु, बारम्बार कमजोरी हुनु, बारम्बार बान्ता हुनु वा हुन खोज्नु, कमजोरी र थकान हुनु आदि ।

ताजा समाचार

थप समाचार