बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
27.1 C
Kathmandu
37 C
Birgunj

बीरगन्ज महानगरले उठायो ४० करोड राजस्व

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ रकम राजस्व संकन गरेको छ।

- Advertisement -

महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपैयाँ बढी संकलन गरेको हो। महानगरले गत आर्थिक वर्षको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको थियो।

बीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षमा ७० करोड संकलन गर्ने लक्ष्य राखेको छ। ‘आर्थिक मन्दीका कारण बीरगन्जमा व्यापार घटेको छ, यसको राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ’, उनले भने।

- Advertisement -

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालु आर्थिक वर्षमा ५० करोड रुपैया मालपोत कर संकलन गर्ने लक्ष्य रहेकोमा लक्षित राजश्व उठाउन नसकिने बताए।

‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपैयाँमात्रै सम्पत्ति कर(मालपोत) कर उठेको छ’, उनले भने,‘आन्तरिक राजस्व अपेक्षाकृत रुपमा संकलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ।’

महानगरले २४ शीर्षककमा आन्तरिक राजस्व वापत आम्दानी गर्दै आइरहेको छ। महानगरले यस वर्ष घरबहाल कर बापत रु चार करोड ९६ लाख ७५ हजार आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने रु दुई करोड सात लाख ९२ हजार संकलन गरेको छ।

महानगरले बहाल करतर्फ ३ करोड २६ लाख ४४ हजार तथा अन्य सेवा शुल्कबापत २ करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर २ करोड ९२ लाख ४ हजार रुपैयाँ उठाएको छ। गत आर्थिक वर्षमा ५७ करोड एक लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार