आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगञ्जको साउथजोन मावीमा कक्षाकोठा सजावट प्रतियोगीता सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित साउथ जोन माविमा कक्षाकोठा सजावट प्रतियोगीता सम्पन्न भएको छ । पाँच वटा समूहमा विभाजित प्रतियोगीताअन्र्तगत समूह ए अन्र्तगत युकेजी सी प्रथम भएको छ । युकेजी बि द्वितिय हुँदा नर्सरी बि तृतिय भएको छ ।

- Advertisement -

समूह बि अन्र्तगत कक्षा १ देखि ३ सम्मका विद्यार्थी थिए । जसमा कक्षा ३ (बि) प्रथम भएको छ भने कक्षा १ (ए) र २ (ए) क्रमशः द्वितिय र तृतिय भएका छन् ।

समूह सि अन्र्तगत कक्षा ६ (डि) प्रथम भएको छ । ६ (बि) र ५ (सि) द्वितिय भएका छन् भने ४ (बि) तृतिय भएको छ ।

- Advertisement -

समूह डि अन्र्तगत कक्षा ८ (ए) प्रथम भएको छ । कक्षा ७ (बि) र ८ (सि) द्वितिय भएका छन् भने कक्षा ७ (ए) तृतिय भएको साउथ जोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए ।
उनकाअनुसार समूह ई बाट कक्षा ९ (सि) प्रथम भएको छ ।

कक्षा ९ (ए) द्वितिय हुँदा कक्षा १० (सि) तृतिय भएको छ । प्रतियोगीतामा कलाकार तथा चित्रकार मुकेश महतो र सञ्चारकर्मी सूर्यनारायण वि.क.ले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीले उत्साहीत भएर कक्षाकोठाको सजावट गरेको निर्णायक मुकेश महतोले बताए । उनकाअनुसार प्रतिस्पर्धा अत्यन्तै कडा थियो । जसमध्ये थोरै अंकका आधारमा विजेता र उपविजेता बनाइएको छ ।
विद्यार्थीहरुले आफुले पढ्ने विषयवस्तुसँगै इतिहास, विज्ञान तथा कला संस्कृति परम्परागत विषयलाई प्राथमिकता दिएको अर्का निर्णायक सूर्यनारायण वि.क ले बताए ।

छोटो समयमा मेहनत गरेर विद्यार्थीले कक्षाकोठा सजाएको विद्यालयका प्रधानाध्यापक सरोज चौधरीको भनाई छ । उनले भने, ‘एकदम थोरै समयमा विद्यार्थीहरुले बनाएका हुन् । यो प्रतियोगीताका लागि विद्यार्थीहरु एकदमै उत्साहित थिए । यसले उनीहरुलाई आफ्नो घरको कोठा सजाउन पनि सघाउ पुग्ने र पछि गएर आर्किटेक डिजाइनर बन्न पनि प्रेरित मिल्ने विश्वास लिएको छु ।’

ताजा समाचार

spot_img
spot_img

थप समाचार