Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

रविको पक्षमा डा. सीके...

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बीरगन्जमा वर्षाका लागि गहवामाई...

बीरगन्ज,३१ असार ।  बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि...

कञ्चनपुरमा विषालु च्याउ खाँदा...

कञ्चनपुर,३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका...

वर्षाले बीपी राजमार्गका विभिन्न...

काठमाडाैं,३१ असार । अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
28.9 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

८ जेठ, सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहेका व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्छन् ।

- Advertisement -

साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन)को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्यावसायिक तरकारी खेतीमा लाग्ने उत्प्रेरणा जगाएको हो । १७ कट्ठा जग्गामा १८ वर्षदेखि तरकारी खेती गर्दै आएका उनले भने, “एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि तालिम लिएर तरकारी खेती सुरु गरे, अहिले वार्षिक तरकारीको कारोबार भइरहेको रु १५ लाखमध्ये रु आठ लाख बचत गर्न सफलता मिलिरहेको छ ।”

उनको घरमा चार सदस्य छन् । अन्य रोजगारी नभएपछि उनीसहितका परिवारका सदस्यहरुको मुख्य रोजगारी तरकारी खेती नै बनेको छ । भेटेरिनरी जेटिएसम्मको अध्ययन पूरा गर्नुभएका ४० वर्षीय चौधरीले भने, “लोकसेवा दिएर जेटिए (जुनियर टेक्निकल असिस्टेन्टं) मा नाम निकाल्न सक्थे होला, तर त्यतातिर ध्यान नदिई जागिर गरेर पाउने तलबभन्दा तरकारी खेतीबाट भइरहेको आम्दानीले सन्तुष्ट छु ।”

- Advertisement -

उनमा सानैदेखि उद्यमी बनेर गाउँमा रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । उनको कृषि फर्म सञ्चालनमा छ । परिवारका सदस्यबाहेक नियमित रुपमा र सिजनको समयमा गरी उनले सात जनालाई रोजगारी दिएका छन् ।

“बाह्रै महिना सिजन अनुसारका तरकारी लगाउँछु, तरकारी बिग्रिने पनि हुँदैन, लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो”, उनले भने, “तरकारी बारी कहिल्यै खाली हुँदैन । काँक्रो, फर्सी, पालङ, बोडीलगायतका तरकारी हुर्किँदा मन सन्तुष्ट हुन्छ ।”

तरकारी बारीमा व्यापारी पुगेर थोक मूल्यमा तरकारी खरिद गर्ने गरेकोले उत्पादित तरकारी बिक्री गर्न समस्या नरहेको उनले बताए। यसबाहेक धनगढीमा हप्तामा तीन दिन सञ्चालन हुने कृषि हाट बजारमा आफ्नो कृषि उपज बिक्री गर्न ल्याउँछन् ।

धनगढी वसन्त टोलका तरकारी पसले अनिल चौधरी तरकारी खेती गरेर दिनेश चौधरी धनगढीको एक सफल कृषकको रुपमा स्थापित भएको बताउँछन् । “धनगढीको कृषि हाटबजारमा उनको बारीको धेरै परिमाणको तरकारी आउने गरेको छ”, अनिलले भने, “उहाँको परिश्रम देखेर आफूलाई तरकारी खेती गर्ने रहर जागे पनि परिस्थितिले गर्न सकेको छैन, तरकारी बेचेर जीवन निर्वाह गरिरहेको छु ।”

तरकारी खेतीसँगै होटल व्यवसाय पनि गरिरहेका दिनेशले पछिल्ला वर्षमा केरा र मेवा खेती पनि गर्न थालेका छन् । उनले भने, “विगत तीन वर्षदेखि सात कट्ठा जमिनमा केरा खेती गरेको छु । थप जग्गामा तरकारी खेतीसँगै मेवा पनि रोपेको छु ।”

केराबाट मात्रै वार्षिक रु एक लाख ५० हजार बढी हजार आम्दानी हुन थालेपछि यो खेतीको विस्तार गर्ने सोच उनले बताए । केरा खेती विस्तारपछि थप पाँच जनालाई रोजगारी दिन्छु । उनले यो व्यवसायका अलावा बङ्गारा कटान गाउँमा थारू होम स्टे (थारू घरवास) सञ्चालन गरिरहेका छन् ।

थारू होम स्टेमा थारू समुदायको परम्परागत खानका परिकारले पाहुनाको स्वागत गर्ने गरिन्छ । उनले भने, “होमस्टेमा थारू सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएकोमा कोरोना भाइरसको महामारीसँगै सांस्कृतिक कार्यक्रम भने बन्द गर्यो ।”

ताजा समाचार

spot_img

थप समाचार