Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

मानवअधिकारका विषयमा कसैसँग सम्झौता हुन सक्दैन : एम्नेस्टी इन्टरनेसनल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

११ जेठ, काठमाडौं । एम्नेस्टी इन्टरनेसनलका महासचिव डा आग्नेस कालामारले मानवअधिकारका आधारभूत विषयमा कसैसँग कुनै सम्झौता हुन नसक्ने बताएकी छन् ।

भ्रमणका क्रममा नेपाल आइपुगेकी महासचिव डा कालामारले आज एम्नेष्टी इन्टरनेशनल नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि विश्वव्यापी रुपमा एम्नेष्टीले काम गर्दै आएको बताइन् । उनले आज बिहान प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरेको जानकारी गराउँदै नेपालको सङ्क्रमणकालीन न्यायका विषयमा नेताहरूसँग एम्नेष्टीको सरोकार राखेको बताइन् ।

महासचिव डा कालामारले यही जेठ ३ गते श्रीलङ्काबाट दक्षिण एसियाको भ्रमण सुरु गरेकी थिइन् । श्रीलङ्कामा उनले गृह युद्धमा जीवन गुमाएका हजारौं नागरिकको सम्झनामा जेठ ५ गते मुल्लिभाइक्कलमा आयोजना गरिएको स्मृति कार्यक्रममा सहभागिता जनाएकी थिइन् ।

दक्षिण एसियाको भ्रमणका क्रममा उनले मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनमा देखिएको विश्वव्यापी खतरा, दक्षिण एसियाको मानवअधिकार अवस्था, जलवायु परिवर्तन र मानवअधिकारमा यसको प्रभाव, मानवअधिकारका सवालमा सरकारको दोहोरो मापदण्ड, ऐतिहासिक चुनावी वर्षमा आर्टिफिसियल इन्टेलिजेन्सको नियमन र व्यवस्थापन, बिग टेक कम्पनीको जवाफदेहिता लगायत विषयमा जानकारी लिएकी थिइन् ।

ताजा समाचार

थप समाचार