[ndc-today-date]
[ndc-today-date]

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी, ८ सय ४९ विदेशी नर्स कार्यरत

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 १३ जेठ, काठमाडौं । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ ।

- Advertisement -

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन् ।

सोही अवधिमा एक लाख २२ हजार तीन सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा एक दशमलव २० चिकित्सक र दुई दशमलव ८३ नर्स छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।

- Advertisement -

यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आवद्ध छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो ।

नेपालमा आठ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या आठ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये एक हजार पाँच सय ७ विशेषज्ञ नर्स, ३७ हजार चार सय २० अनमी, ६६ मिडवाइफ छन् ।

ताजा समाचार

spot_img

थप समाचार