शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...

पूर्वराजा शाहद्धारा गोरखकाली...

गोरखा, ९ चैत्र । शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र...

सिरहामा महायज्ञको नाममा घर...

जनकपुर, ९ चैत्र । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्ने...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

तपाईको आजको राशीफल कस्तो छ ?

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२४ जेठ, काठमाडौं । आज मिति २०८१ साल जेठ २४ गते बिहीवार तदनुसार जुन ५ तारिख, नेपाल संवत् ११४४ (चिल्लागा) उत्तरायण ग्रीष्म ऋतु कृष्ण पक्षको अमावश्या तिथि, भरणी नक्षत्र, । घृति योग   ।  चन्द्र राशि वृष । यो  शुभ योग हो । 

- Advertisement -

अभिजित मुहूर्त: बिहान ११:३५ देखि १२:३० सम्म,

•  काठमाण्डौंमा सूर्योदय: बिहान ०५:०९

• सूर्यास्त: बेलुका ०६:५७ बजे 

वैदिक ज्योतिषमा आधारित तपाईँको आजको राशीफल यस प्रकार रहनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय राम्रो छ । मिहिनेतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ्य सुधार हुने छ ।

शुभ रंग : रातो

शुभ अंक : ४

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पूर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ति मिल्नेछ ।

शुभ रंग : पहेँलो

शुभ अंक : २

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नती प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रंग : हरियो

शुभ अंक : ४

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । परिवारलाई समय दिनुहोला । दिउँसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । 

शुभ रंग : चाँदी

शुभ अंक : ७

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ । 

शुभ रंग : सुन्तला

शुभ अंक : ७

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय ठिकै छ । शरीरमा आलस्यता आउन सक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्दी नगर्नुहोला ।

शुभ रंग : सुन्तला

शुभ अंक : ७

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशी मिल्नसक्ने समय छ । 

शुभ रंग : पहेँलो

शुभ अंक : १

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । 

शुभ रगं : सेतो

शुभ अंक : ८

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय मध्यम छ । पारिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । 

शुभ रंग : खैरो

शुभ अंक : २

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय ठिकै छ । मनमा उत्साह र उमङ्‍गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । 

शुभ रंग : रातो

शुभ अंक : ८

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाइमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रंग : नीलो

शुभ अंक : ७

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रंग : पहेँलो

शुभ अंक : ९

राशीफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनु होला । राशीफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। 

ताजा समाचार

spot_img

थप समाचार