Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको...

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४...

२४ औं सशस्त्र प्रहरी...

वीरगन्ज,०७ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आज...

खानेपानी संस्थानद्धारा बीरगन्जमा ओभरहेड...

बीरगन्ज,०७ माघ । संघीय खानेपानी मन्त्रालय अन्तरगत रहेको नेपाल खानेपानी संस्थानले पर्सा जिल्लाको...

साहारा चितवन सहकारी ठगी...

काठमाडौं,०७ माघ । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
18.8 C
Birgunj
spot_imgspot_imgspot_img

डाक्टरको जहाँ सरूवा भएको छ त्यहाँ जानै पर्छ,अब कुनै पावर चल्दैन : स्वास्थ्यमन्त्री यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा सरुवा गर्न खोज्दा आफूमाथि ठूलो दवाव आउने गरेको बताएका छन् । सरुवा गरिएको ठाउँमा जानुभन्दा पनि शक्तिको दुरुपयोग गरेर सुगम र शहरहरूमा बस्न चिकित्सकले पावर लगाउने गरेको र पावरले विभागीय मन्त्रीलाई थर्काउने गरेको मन्त्री यादवको भनाइ छ ।

- Advertisement -

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा मन्त्री यादवले चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा पठाउने विषयमा मन्त्री मात्र नभएर राज्य गम्भीर हुनुपर्ने बताए । दुर्गम र गाउँमा सरुवा भएका चिकित्सकले त्यहाँ हाजिर हुनैपर्ने व्यवस्था बनाउन आवश्यक भएको उनले बताए ।

मन्त्री यादवले भने, ‘पायक पर्ने ठाउँको लागि यस्तो पावर आउँछ, कुर्सी हल्लिन्छ । कुनै पावर चल्दैन, मानिदैन भन्दा पनि व्यवहारिक रूपमा काम गर्न गाह्रो देखियो । तर, जहाँ सरूवा भएको छ त्यहाँ हाजिर हुनैपर्छ । सबैलाई सुगम चाहियो भने गाउँमा कसले हेर्छ ? त्यसैले यसमा म गम्भीर छु ।’

- Advertisement -

दुर्गममा अस्पताल भवन भएको तर डाक्टर नभएको आफूले पाएको मन्त्री यादवको भनाइ छ । भवन निर्माण हुने तर स्वास्थ्य उपचार गर्ने उपकरण र औजार नभएको तर त्यसको जिम्मेवारी कसले लिने भन्ने यकीन नरहेको पनि उनले बताए । अस्पताल भवन छन् तर डाक्टर छैनन्, उपचार गर्ने उपकरण छैनन् । त्यसको जिम्मा कसले लिने ? संघले सबै पठाउने, प्रदेश र स्थानीय तहले हेरचाह पनि नगरिदिने अवस्था छ, उनले भने ।

स्वास्थ्य क्षेत्रमा रहेका बेथिति अन्त्य गर्नका लागि मन्त्रालय गम्भीर रहेको उनले देशमा तीन तहमा सरकार रहेको तर सबैले आफ्नो काम नगरेको बताए । बागमती प्रदेशको स्वास्थ्य ऐन छैन, अस्पतालको नवीकरण रोकिएको छ, इजाजत रोकिएको छ,’ मन्त्री यादवले भने ।

धेरै अस्पतालमा उपकरणहरूमा मुसाले घर बनाएको मन्त्री यादवले बताए । आवश्यकता रहको ठाउँमा उपकरण नपुगेको तर अनावश्यक ठाउँमा उपकरण पठाएर प्रयोग विहीन बनाइएको पाइएको मन्त्री यादवले बताए । वीर अस्पतालमा एउटै बेडमा दुईजना बिरामी राखेको, महिला र पुरुष बिरामी एउटै ठाउँमा राखेको पाइएको मन्त्री यादवले बताए ।

उनले भने ‘स्वास्थ्य बिमा र औषधि निशुल्क भनेको छ, तर बिरामीले पाइरहेको छैन, निशुल्क औषधि पाइरहेको छैन, कारण के हो ? अध्ययन गर्न जरूरी छ । उद्योगहरूको अनुगमन गर्ने, गुणस्तर जाँच गर्ने, तर प्रयोगशाला जाँच्न लायक छैन । जनशक्तिको धेरै ठूलो अभाव छ । जनशक्ति थप्ने पहिलो निर्णय नै गरेको छु । जनशक्ति थपेन भने अस्पतालको अवस्था जटिल बन्न सक्छ ।’ मन्त्रालयले गलत काम गर्नेहरूलाई कारबाही गर्ने पनि मन्त्री यादवले बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार