बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

पटक–पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको विकास हुन सकेन : नेता कोइराला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताएका छन् । नेपाली कांग्रेसका पूर्वउपसभापति, पूर्व उपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्धा शैलजा आचार्यको १५ औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले पटक–पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताए ।

- Advertisement -

“जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन”, उनले भने ।  वरिष्ठ नेता डा. कोइरालाले बीपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताए । उनले आचार्य साहसिक व्यक्तित्वको धनी भएको उल्लेख गरे ।

त्यस अवसरमा कांग्रेस नेता डा. शशाङ्क कोइरालाले पार्टीभित्र हिम्मत र साहसी महिला नेत्री शैलजा आचार्य भएको बताए । उनले देश विकासका लागि स्व आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख गरे । पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ थियो ।

- Advertisement -

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुका लागि शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।  पूर्वमन्त्री डा रिजालले सबैसँग उत्तिकै सम्बन्ध राख्न सक्न निडर महिला नेत्री शैलजा भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि शैलजाले गरेको योगदान अविस्मरणीय रहेको डा रिजालले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार