Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन...

काठमाडौँ,०७ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति परिवर्तन गर्दै...

बारामा आगलागीबाट वृद्धाको मृत्यु

बीरगन्ज,०७ माघ । बाराको प्रसौनी गाउँपालिका–७ बन्जरियामा पराल ताप्ने क्रममा भएको आगलागीमा परी...

बैंकको ऋण नतिर्न उक्साउने...

काठमाडौं,०७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रका सूचक सकारात्मक...

बीरगन्ज भन्सारले ६ महिनामा...

बीरगन्ज,०७ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा बीरगन्ज भन्सार कार्यालयले ८०...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२८ जेठ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतले स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

- Advertisement -

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए । शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार