शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
5.1 C
Kathmandu
10.5 C
Birgunj
spot_imgspot_imgspot_img

टी-२० विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२९ जेठ, अमेरिका । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समूह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन मात्र बनाएको थियो ।

- Advertisement -

बंगलादेशका लागि तोविद हृदोयले सर्वाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडाएनरीच नोकियाले २-२ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।

यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समूह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्यान्डसँग खेल्ने छ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार