काठमाडौं,२९ जेठ । नेपाल र श्रीलंका विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक खेल्ने भएका छन् । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा श्रीलंका र नेपालको पहिलो पटक आमने सामने हुने भएका हुन् । बुधबार बिहान सवा पाँचमा नेपाल र श्रीलंकाबीच खेल हुदैछ ।
ओडिआई र टी-२० आईमा पहिलो भेट हुनेछ । नेपालले २४ औं टी-२० आई प्रतिद्वन्दीका रुपमा श्रीलंकासँग पाउँने भएको छ । नेपाल र श्रीलंकाबीचको खेल फ्लोरिडामा १२ जुन अर्थात ३० जेठमा हुनेछ ।
श्रीलंकाविरुद्धको खेल नेपालले पाँचौ टेस्ट मान्यता पाएको राष्ट्रको टी-२० आई खेल हुनेछ । यसअघि नेपालले टेस्ट मान्यता पाएका भारत, जिम्बावे, आयरल्यान्ड र बंगलादेशसँग खेलिसकेको छ । सन् २०१४ को टी-२० विश्वकपमा नेपालले अफगानिस्तानसँग खेलेको भए पनि अफगानिस्तानले सो समयमा टेस्ट मान्यता पाएको थिएन ।
नेपालले गतसाताको मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गरेको थियो । पहिलो खेल नेपालले ६ विकेटले गुमाएको थियो ।
यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।