Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

विद्यालय व्यवस्थापन समिति खारेज गर्न सांसद सिंहको माग

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ जेठ । सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयहरूमा रहेका व्यवस्थापन समितिहरूले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न माग गरेका छन् ।

- Advertisement -

मंगलबार विनियोजन शीर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र नेतालाई मात्र फाइदा पुगेको तर शिक्षा क्षेत्रमा विकास गर्न नसकेको भन्दै खारेज गर्न माग गरेका हुन् ।

उनले भने, ‘सामुदायिक विद्यालयहरूमा रहेको विद्यालय व्यवस्थापन समितिहरूले शिक्षा क्षेत्रलाई ध्वस्त गरेको छ । यसले कुनै पार्टी, कुनै राजनीति दललाई फाइदा भएको होला तर देशको शिक्षालाई फाइदा भएन । धेरै विद्यालय र सीटीईभीटीका नाममा अलपत्र छ । नमुना विद्यालय र प्रविधि शिक्षाका आयोजनाहरू अलपत्र छन् । शिक्षा क्षेत्रमा यति ठुलो बजेट विनियोजन गरिन्छ ।’

- Advertisement -

त्यस्तै, सांसद सिंहले सामुदायिक विद्यालयहरूमा शिक्षक र विद्यार्थीको अनुपात समेत नमिलेको बताए । तराईमा एक सय जना विद्यार्थीका लागि एक जना शिक्षकको दरबन्दी र पहाडमा ४० जना विद्यार्थीका लागि पनि एक दरबन्दी रहेको भन्दै दरबन्दी कसले मिलाउने भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘किन शिक्षक र विद्यार्थीको अनुपात मिल्दैन ? तराईमा कतै एकसय जना विद्यार्थीका लागि एकजना शिक्षकको दरबन्दी हुन्छ । पहाडमा ४० विद्यार्थीका लागि एक जना शिक्षक हुन्छ । यो अनुपात कसले मिलाउने ? यो काम शिक्षा मन्त्रालयको होइन ? दोस्रो, विद्यालय व्यवस्थापन समिति किन खारेज नगर्ने ? व्यवस्थापन समितिले विद्यालय शिक्षाको गुणस्तर बढाउनमा के योगदान गरेको छ ।’

ताजा समाचार

spot_img

थप समाचार