बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...

सिरहामा चिरपट प्रहारबाट एक...

जनकपुर,०५ असार । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द...

काठमाडौँ,०५ असार । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा...
24.1 C
Kathmandu
32.3 C
Birgunj

बीरगन्ज महानगरपालिका क्षेत्रमा अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा सिलबन्दी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२९ जेठ । बीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा अनुमति विना सञ्चालित ५ वटा निजी विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।बीरगन्ज महानगरपालिकाको शिक्षा समितिका अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा सिलबन्दी गरेको हो ।

- Advertisement -

बीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैंचामा निनोस बीरगन्जको नामबाट सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) मा महानगरले सिलबन्दी गरेको संयोजक यावले बताए । यस्तै बीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा सञ्चालितत सिटिजन पब्लिक स्कुल र २०७५ सालदेखि सञ्चालित ए.एस. नलेज एकेडेमीमापनि मंगलबार सिलबन्दी गरिएको उनले जानकारी दिए।

यस्तै बीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानिपुरमा संचालित सुरज एकेडेमीपनि अनुमति विना नै संचालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको उनले बताए । भवानीपुरमै अनुमति भन्दा बढी तहको कक्षा संचालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको यादवले जानकारी गराए ।

- Advertisement -

अनुगमनमा खटिएको टोलीमा संयोजक यादवसंगै महानगरपालिकाकाको शिक्षा महाशखाका अधिकृत आनन्द लामिछाने, मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतकोपनि सहभागीता रहेकाे थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार