बीरगन्ज,३१ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध खैरोहिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।


वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बीरगन्जको बसपार्क क्षेत्रबाट लागूऔषध खैरोहिरोइन सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको ग्रामलाला छपरा, औरैया, आदापुर, पुर्बी चम्पारण बिहार बस्ने मोहम्मद नेजमुदिन मिया रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचानाको आधारमा प्रहरीले चेकजाँच गर्दा मियाँले चलाएको बिर.०५.ए.वाइ १३४६ नबरको कारको सिट पछाडी लुकाई ल्याएको १०० ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मिया माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।