३२ जेठ, बारा । बारामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरतिर जाँदै गरेका कुशवाहालाई मोटरसाइकलमा आएका दुई जनाले आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार गरी भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए।
उनका अनुसार पछाडिबाट प्रहार गरेकाले कुशवाहाको पिठ्युँमा गोली लागेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको न्यौपानेले बताए । उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।