वीरगन्ज,१ असार । बाराको कलैया उपमहानगरपालिका –५ स्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुश्वाहाको हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज कलेया बजार बन्द गरिएको छ । बन्दकर्ताहरुले कलैया बजार नगरपरिक्रमा गर्दै भरत चोकमा टायर बालेर प्रदर्शन गरेका हन्र । प्रदर्शनका क्रममा उनीहरुले बजार बन्द गराउनुका साथै यातायात समेत ठप्प पारेका थिए ।


प्रदर्शकारीहरुले कलैयाको चोकमा टायर बालेर प्रदर्शन गर्दै गर्दा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच विवाद समेत भएको बताइएको छ ।
आज विहान ६ बजेदेखि १२ बजेसम्म कलैया बजारमा प्रदर्शनकारीहरुले विरोध जनाएका हुन् । क्याम्पस प्रमुख हरिभुषण कुश्वाहामाथि अज्ञात समूहले बाराको हरनहिया चौक भन्दा केही पर भटिनिया गाउँ नजिकैको बाटोमा हिजो साँझ साढे ६ बजे गोली प्रहार गरी घाईते बनाएको थियो ।

घाईते कुश्वाहालाई उपचारका लागि गण्डक स्थित मेडिसिटी बयोधा अस्पताल ल्याईएकोमा उपचारका क्रममा उनकाे मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई नियनत्रणमा लिएको छ । । उनीहरुमाथि अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जनाएकाे छ ।
गोली प्रहारबाट मृत्यु भएका क्याम्पस प्रमुख कुश्वाहाको शव कलैया बजार परिक्रमा गरि अन्तिम दाहसंस्कारका लागि लैजाँने तयारी भइरहेको स्थानीयले एनपीडीलाई बताएको छ ।प्रमुख कुश्वाहाको अन्तिम दाहसंस्कार कलैयार्म गरिने वा उनको गाउँ आर्दशकोतवाल लैजाँने भन्ने बारेमा यकिन भैनसकेको स्थानीय बताए ।