आइतवार, साउन ६, २०८१
Sun, July 21, 2024

बङ्गलादेशबाट आज मात्र ४२०...

६ साउन, काठमाडौं । बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली...

विपद्मा परी १३० जनाको...

६ साउन,काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा...

दैनिक ९७ सडक दुर्घटना,...

६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना...

मुख्यमन्त्री सिंहले गरे मन्त्रालयको...

६ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सरकारी कार्यालयका कर्मचारीले लापरबाही...
24.1 C
Kathmandu
29.9 C
Birgunj

रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना युवकको शव भेटिएको छ । गौर–४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानीय शुभ नारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो ।

- Advertisement -

घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले बताइन् ।  मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको उनले बताइन् । मृतकको खल्तीबाट लागूऔषध गाँजा भरिएको चिलम जस्तो सामाग्री बरामद भएको छ ।

गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत समेत बगेको पाइएको छ । मृतक शहनिको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डीएसपी गिरीले बताइन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार